+

एन्फाले वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीलाई कार प्रदान गर्ने

२०८१ भदौ  १४ गते ९:३४ २०८१ भदौ १४ गते ९:३४
एन्फाले वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडीलाई कार प्रदान गर्ने

१४ भदौ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फाले) वर्षको उत्कृष्ट महिला र पुरुष खेलाडीलाई कार परदान गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को मंगलबार र बिहीबार बसेको कार्यसमितिक बैठकले वर्षमा महिला तथा पुरुषको उत्कृष्ट खेलाडी घोषणा गरी प्रोत्साहन स्वरुप कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी बैठकले उत्कृष्ट रेफ्री र प्रशिक्षकलाई जनही २ लाख रुपैयाँ र मोटरसाइकल/स्कुटर तथा लाइफ टाइम एचिमभेन्ट अवार्ड स्वरुप ५ लाख रुपैयाँ र मोटरसाइकल/स्कुटर प्रदान गर्ने निर्णय गरेको छ ।

एन्फले उत्कृष्ट खेलाडी, रेफ्री तथा प्रशिक्षक छनोटका लागि एन्फा केन्द्रिय सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा  हरि खड्का र  सञ्जिव मिश्र सदस्य रहनेगरी तीन ससद्यीय समिति गठन गरेको जनाएको छ ।

एन्फाले लामो समयदेखि स्थगित रहँदै आएको खेलाडी, प्रशिक्षक र रेफ्री सम्मान कार्यक्रम फेरि अघि बढाउने निर्णय गरेको हो ।

फुटबल खेलाडी पुरस्कार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय