+
+

कोशीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १०:५८

१४ भदाैं, विराटनगर । नेकपा माओवादी केन्द्रले काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

शुक्रबार प्रदेशसभा बैठक बस्दैछ, बैठकअघि सरकारलाई दिएकाे समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

१७ असारमा कांग्रेस एमालेबीच सत्तासमीकरण बनेपछि काेशीमा माओवादी केन्द्रले ११ साउनमा सरकार छाडेकाे थियाे, तर समर्थन फिर्ता लिएको छैन ।

‘आज दलकाे बैठक बस्दैछ, बैठकपछि समर्थन फिर्ता लिन्छौं’, आङ्बाेले भने,’ माओवादी प्रतिपक्ष बस्छ ।’

नेकपा माओवादी केन्द्रकाे समर्थनमा हिक्मतकुमार कार्की संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार गत २७ बैशाखमा मुख्यमन्त्री बनेका थिए । १७ असारमा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि केन्द्रसहित सातवटै प्रदेशमा माओवादी प्रतिपक्षमा पुगेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?