+
+

रास्वपाका सुदूरपश्चिम महामन्त्री पारस बाहुन बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते ११:२५

१४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुदूरपश्चिमका महामन्त्री पारस बाहुनलाई पदबाट बर्खास्त गरेको छ ।

प्रदेश सभापति प्रकाश विष्टले महामन्त्री पारसलाई पदमुक्त गरेका हुन् । पारस गत पुसमा सुदूरपश्चिमको महामन्त्रीमा मनोनीत भएका थिए ।

पार्टी संगठन र नेतृत्वलाई असहज र असफल बनाउने क्रियाकलाप गरेको आरोपमा हटाइएको विष्टले पारसलाई पठाइएको पत्रमा उल्लेख गरेका छन् ।

‘यहाँले पछिल्लो समयमा संगठन र नेतृत्वलाई असहज/असफल बनाउने विविधि क्रियाकलापहरु गर्नुभएको हुँदा जिम्मेजारीबाट मुक्त गरिएको जानकारी गराउँदछु’, पारसलाई पठाइएको पत्रमा भनिएको छ ।

सभापति विष्ट र आफूबीच मतभेद रहेको जानकारी गराउँदै पारसले सभापतिले पत्र पठाएपनि प्रदेश समिति र केन्द्रले निर्णय रोक्नसक्ने अनलाइनखबरसँग बताए ।

पारसलाई स्पष्टीकरण सोधिएको र जवाफ सन्तोषजनक नभएकाले पदबाट हटाइएको पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?