+
+

लक्ष्मीपूजामा तीन नेपाली फिल्म एकसाथ, ‘पूर्णबहादुरको सारंगी’ पनि आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते ११:४२

काठमाडौं । तिहारको लक्ष्मीपूजामा तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आउने भएका छन् । यो मितिमा ‘मायाबी’ र ‘एक्टर’सहित ‘पूर्णबहादुरको सारंगी’ पनि आउने भएको छ ।

सेभेन सिज र बाँसुरी फिल्म्सले उक्त मितिलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् । यो मितिमा दुई भारतीय फिल्महरु ‘सिंघम ३’ र ‘भुलभुलैया ३’ पनि आउने तयारीमा छ ।

‘पूर्णबहादुरको सारंगी’का निर्माताले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । पोस्टरमा फिल्मका मुख्य अभिनेता विजय बराल र प्रकाश सपुतलाई चित्रण गरिएको छ ।

एक गन्धर्व परिवारको सांगीतिक यात्राको कथा पेश गर्ने यो फिल्ममा बाबु र छोराको सम्बन्धको कथालाई प्रस्तुत गरिएको छ । सरोज पौडेलले यसको निर्देशन गरेका हुन् ।

यो फिल्ममा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।

तीन नेपाली फिल्म आउने भएपछि कात्तिक १५ को रिलिज समीकरण रोचक हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?