+
+
फ्राइडे रिलिज :

हलमा लागे ‘वर एण्ड वधू’ र साउथ फिल्म ‘तंगलान’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १२:०६

काठमाडौं । शुक्रबार नेपालमा दुई नयाँ फिल्म रिलिज भएका छन् । जसमा नेपाली ‘वर एण्ड वधू’ र दक्षिण भारतीय फिल्म ‘तंगलान’ छन् ।

मिलन चाम्स निर्देशित रोमान्टिक ड्रामा ‘वर एण्ड वधु’को रनटाइम १४० मिनेट छ । विदेशमा बसोबास गर्ने दुई युवायुवतीको सम्बन्धको कथावस्तुमा बनेको फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य र गरिमा शर्माको शीर्ष भूमिका छ ।

तपाईंलाई रोमान्टिक कथावस्तुका फिल्ममा रुचि छ भने यो फिल्म मन पर्न सक्छ । पीजी सर्टिफिकेट प्राप्त यो फिल्ममा कमेडी र सामाजिक विषयवस्तु पनि समेटिएको छ ।

पा रञ्जित निर्देशित दक्षिण भारतीय फिल्म ‘तंगलान’को रनटाइम १५७ मिनेट छ । एक्सन, एड्भेन्चर र ड्रामा जनरामा राखिएको यो फिल्ममा विक्रम, पार्वती तिरुवोथु र मालविका मोहननको अभिनय छ ।

भारतको कर्नाटकस्थित खानी मजदुरको सत्य घटनामा फिल्म आधारित रहेको बताइएको छ । यसलाई कतिपयले ‘केजीएफ’को मौलिक कथा पनि बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?