+
+

मदन पुरस्कार मेरालागि अप्रत्याशित र ऊर्जादायी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १२:३३

१४ भदौ, काठमाडौं । उपल्लो थलो, मान्ठ डराएको जुग, देखेको देश जस्ता पुस्तक लेखेर प्रसिद्धि कमाएका खोज पत्रकार तथा अनुसन्धाता मोहन मैनालीको अर्को कृति मुकाम रणमैदानले मदन पुरस्कार पाउने भएको छ ।

नेपाल अंग्रेज युद्धसम्बन्धी पछिल्लो अनुसन्धान पुस्तक मुकाम रणमैदानलाई २०८० को मदन पुरस्कार दिने घोषणा मदन पुरस्कार गुठीले शुक्रबार गरेको छ ।

पुरस्कार घोषणापछि अनलाइनखबरसँग कुरा गर्दै मैनालीले भने, ‘मदन पुरस्कारको घोषणा अप्रत्याशित तर ऊर्जा दिने खबर हो । म अझै काम गर्नेछु ।’ मैनालीसँगको संक्षिप्त वार्ता :

प्रतिष्ठित पुरस्कार घोषणालाई कसरी लिनुभयो ?

मेरा लागि अप्रत्याशित तर सुखद अनि ऊर्जा दिने खबर हो । मेरो किताब मदन पुरस्कारको अन्तिम सूचीमा पर्दा एउटा अन्तर्वार्तामा भनेको थिएँ– मैले पुरस्कार पाउने सम्भावना २० प्रतिशत छ । तर मैले नै पाउँदा खुसी छु । किनभने सबैले राम्रो ठानिदिनुभयो ।

नेपालको पुरानो भाषा वाङ्मयको पुरस्कार खोजअनुसन्धान कृतिका लागि मिलेको छ । कस्तो लागेको छ ?

पक्कै पनि खोजेर लेखिएका अनुसन्धान किताबमा मिहिनेत धेरै पर्छ । बजारले पनि धेरै वास्ता गर्दैन । पढ्ने चलन यसै पनि घट्दै गएको भनिन्छ । यस्तो बेला मैले मदन पुरस्कार पाउँदा अरुका लागि पनि यसले हौसला प्रदान गर्ने आशा लिएको छु । यो खुसी समग्र पुस्तक पठन क्षेत्रका लागि पनि हो ।

पुरस्कार रकमबाट के गर्ने योजना छ ?

त्यो चाहिं हेर्नुपर्छ । (हाँसो) खोज अनुसन्धान गर्न सधैं मिलिरहेको हुँदैन । कहिलेकाहीं स्रोत साधनको विषय पनि उठ्छ । निश्चित रकम वा स्रोतसाधनले त्यो अलमल र अप्ठेरोलाई सहज पारिदिन्छ । हेरौं ।

तपाईंलाई पुरस्कार दिने सन्तुष्टि कस्तो खालको हो ? अनि आगामी दिनमा कसरी काम गर्नुहुन्छ ?

सन्तुष्टि भन्नाले मूलतः मनोवैज्ञानिक नै हो । त्यो मलाई अहिले मिलेको नै छ । अझै भविष्यमा धेरै काम गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?