+
+

यो साता ओटीटीमा कुन-कुन सिरिज र फिल्म आउँदैछन् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १२:४६
नेटफ्लिक्स सिरिज ‘आईसी ८१४’ मा विजय वर्मा

काठमाडौं । यो साता ओटीटीमा केही रोचक फिल्म र सिरिज आउँदैछन् । हरर कमेडीदेखि कान्दाहार जहाज अपहरणको वास्तविक घटनासहित अन्डरवर्ल्ड संसारका रोचक घटना समेटिएका फिल्म रिलिज हुँदैछन् ।

यी फिल्म र वेब सिरिज नेटफ्लिक्स, जियो सिनेमा, अमेजन प्राइम, जी-फाइभ, सोनीलिभ लगायत विभिन्न ओटीटी प्लाटफर्ममा उपलब्ध छन् ।

गत महिना हलमा रिलिज भएको डिज्नी हटस्टारको चर्चित हरर कमेडी फिल्म ‘मुन्ज्या’ अहिले स्ट्रिमिङ भइरहेको छ । आदित्य सरपोतदार निर्देशित यो फिल्ममा शर्वरी, अभय वर्मा, मोना सिंह र सत्यराजले अभिनय गरेका छन् । करिब ५० करोडमा बनेको यो फिल्मले विश्वभर १२५ करोड भारु कमाएको छ ।

काठमाडौं विमानस्थलबाट भारतीय यात्रुबाहक विमान अपहरण गरेर पाकिस्तानको कान्दाहार पुर्‍याइएको २४ डिसेम्बर १९९९ मा भएको सत्य घटनामा आधारित सिरिज ‘आईसी ८१४’ को स्ट्रिमिङ नेटफ्लिक्समा सुरु भएको छ । १४० यात्रु चढेको उक्त विमानलाई सात दिनसम्म बन्धक बनाइएको थियो ।

यो सिरिजमा विजय वर्मा, अरविन्द स्वामी, दीया मिर्जा, पूजा गोर, पत्रलेखा, अमृता पुरी, कुमुद मिश्रा, मनोज पाहवा, अनुपम त्रिपाठी, कन्वलजीत सिंह, दिव्यन्दु भट्टाचार्य, सुशान्त सिंह, आदित्य श्रीवास्तव, राजीव ठाकुर र यशपाल शर्माको अभिनय छ ।

अमेजन प्राइम भिडियोमा ‘नो गेन नो लभ’ रोमान्टिक कोरियन ड्रामाको स्ट्रिमिङ सुरु भएको छ । शिन मिन–आह, किम यंग–डे, ली संग–यी र हान जी–योनको मुख्य भूमिका रहेको सिरिजले एक मध्यम उमेरकी महिलालाई पछ्याउँछ जसले एक सुविधा स्टोरमा जागिर पाउन कर्मचारीसँग नक्कली विवाह गर्छिन् ।

नेटफ्लिक्समा अर्को डार्क–कमेडी सिरिज ‘काओ’को स्ट्रिमिङ सुरु भएको छ । यो श्रृंखला ग्रीक पौराणिक कथामा आधारित छ । यसले मानिसको एक समूहको कथा भन्छ छ जो शक्तिको लागि लडाइँमा फसेका छन् ।

तपाईंले हलिउडको चर्चित फिल्म ‘लर्ड अफ द रिङ्स’को श्रृंखला हेर्नुभएको छ भने अमेजन प्राइममा यो सप्ताहन्तमा ‘लर्ड अफ द रिङ्स’को दोस्रो सिजन आउँदैछ । यसपटकको कथा सौरन नामक पात्रमा केन्द्रित हुन्छ, जसले औंठीमा शक्ति सिर्जना गर्ने मिसनमा लाग्छ । यो औंठीले उसलाई पृथ्वीलाई नियन्त्रण गर्ने अन्तिम शक्ति दिन्छ ।

यो सप्ताहन्त जियो सिनेमामा ‘गडजिला भर्सेस कङ’ रिलिज हुँदैछ । केके मेननको ग्याङस्टर ड्रामा ‘मुर्सिद’ जी-फाइभमा यो साता आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?