+
+

‘छक्कापञ्जा ५’ को दोस्रो चरणको छायांकन जडिबुटीबाट सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १३:०९

काठमाडौं । दशैंको फूलपातीमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘छक्कापञ्जा ५’ को दोस्रो चरणको छायांकन सुरु भएको छ । शुक्रबार बिहानैदेखि काठमाडौंको जडिबुटी क्षेत्रमा छायांकन चलिरहेको छ ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले दोस्रो चरणमा बाँकी १० प्रतिशत छायांकन पूरा हुने बताए । ‘गीत र फिल्मका केही दृश्यहरु खिच्न बाँकी छ’ सेटमा व्यस्त गिरीले अनलाइनखबरसँग भने ।

दोस्रो चरणको छायांकन एक साता चल्नेछ । फिल्मको ९० प्रतिशत छायांकन भने गत महिना सम्पन्न भइसकेको छ । निर्माताले छायांकनसँगै पोस्ट प्रोडक्सन पनि एकसाथ गरिरहेका छन् ।

दीपाश्री निरौला निर्देशित फिल्ममा गिरीसहित वर्षा सिवाकोटी र केदार घिमिरेको पनि शीर्ष भूमिका छ । यसबारे थप कास्टिङ खुलाइएको छैन । ‘छक्कापञ्जा ५’ असोज २४ गते नेपाल, अमेरिका र अस्ट्रेलियामा एकसाथ रिलिज हुँदैछ । त्यसको एक सातामा मध्यपूर्वमा प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?