+
+

बालेनको संयोजकत्वमा यातायात प्राधिकरण परिषद्को ‘स्टेरिङ कमिटी’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १३:५४

१४ भदौ, काठमाडौं । ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्‍’ को कार्यलाई प्रभावकारी बनाउन ‘स्टेरिङ कमिटी’ गठन गरिएको छ ।

परिषद्‍को दोस्रो बैठकले निर्णय प्रक्रियालाई समन्वय र व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको संयोजकत्वमा स्टेरिङ कमिटी गठन गर्ने निर्णय गरेको हो ।

स्टेरिङ कमिटीमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी सदस्य छन् ।

स्टेरिङ कमिटीमा यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय र सडक विभागलाई सदस्य राखिएको छ भने  परिषद्‍का प्रमुख कार्यकारी अधिकृत कुवेर नेपालीले सदस्य सचिवको रूपमा काम गर्ने निर्णय भएको छ ।

परिषद् सदस्यको संख्या भने ३५ जना रहेको छ ।

परिषद्को बजेट ९ करोड

परिषद्‍को दोस्रो बैठकले आर्थिक वर्ष २०८०/८१ को खर्च अनुमोदन गरेको छ ।

साथै आर्थिक वर्ष २०८१/८२ का लागि ९ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सदस्य सचिव नेपालीका अनुसार विनियोजित बटेटबाट जीआईईस सर्भिस, स्मार्ट ट्राफिक मोनिटरिङ सिस्टम, एकीकृत एप्लिकेसन निर्माण, तथ्य तथा तथ्यांक संकलन, रुट पुनरावलोकन, सार्वजनिक यातायात सञ्चालन मार्गनिर्देशन तयारी, अनुसन्धानमूलक कार्यक्रम सञ्चालन हुनेछन् ।

यस वर्ष काठमाडौं महानगरले ८ करोड र संघीय सरकारले १ करोड रुपैयाँ परिषद्‍लाई उपलब्ध गराएको नेपालीले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षको मौज्दात करिब ६२ लाख रुपैयाँ छ ।

गत वर्ष परिषद्‍ कोषलाई संघीय सरकारबाट १ करोड र काठमाडौँ महानगरबाट १ करोड रुपैयाँ उपलब्ध गराइएको थियो ।

परिषद्‍को पहिलो बैठक २८ भदौ २०८० मा बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?