+

पेरिस पारा ओलम्पिकमा पलेशा क्वाटरफाइनलमा प्रवेश

२०८१ भदौ  १४ गते १४:०५ २०८१ भदौ १४ गते १४:०५
पेरिस पारा ओलम्पिकमा पलेशा क्वाटरफाइनलमा प्रवेश

१४ भदौ, काठमाडौं। नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा क्वाटरफाइनलमा प्रवेश गरेकी छन् ।

पेरिसस्थित ग्रान्ड पेलेसमा भएको के–४४ क्याटगोरी अन्तर्गत महिला ५७ केजी मुनि पलेशाले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोरालेसलाई ३१-० ले सहजै हराइन् । सुरुवात देखि खेलमा दबा बनाउँदै अंक जोडेकी पलाशले प्वाइन्ट ग्यापमा खेल जितेकी हुन् ।

पलेशाले अब क्वाटरफाइनलमा ब्राजिलियन मायारा सिल्भाना फर्नान्डेजसँग प्रतिस्पर्धा गर्नेछिन् । फर्नान्डेज बाई पाउँदै सिधै क्वाटरफाइनल पुगेकी हुन् ।यस पटक पलेशा छनोट चरण पार गरेर पारा ओलम्पिकमा पुगेकी हुन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन्। छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।

पलेशा १९औं एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् ।

पलेशाले यसअघि सन् २०२१ मा जापानमा भएको टोकियो पारा ओलम्पिक समेत खेलेकी थिइन् । जहा उनले दुई बाउट जित्दै कीर्तिमान बनाएकी थिइन् ।

नेपाली पारा तेक्वान्दो टोली इङल्यान्डको म्याचेस्टरमा एक महिनाको प्रशिक्षणपछि पेरिस पुगेको थियो ।

पलेशा गोवर्धन पेरिस पारा ओलम्पिक मोरालेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय