+
+

एन्जेलिना जोलीको एक झलक हेर्न उर्लियो भेनिस (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १४:११

एन्जेलिना ! एन्जेलिना ! एन्जेलिना !

भेनिस फिल्म फेस्टिभलको रेडकार्पेटमा निकैबेर गुञ्जियो यो आवाज । बिहीबार राति यो विश्व प्रसिद्ध फेस्टिभल हलिउड स्टार एन्जेलिना जोली प्रेरित रह्यो ।

आफू अभिनित पछिल्लो फिल्म ‘मारिया’को वर्ल्ड प्रिमियरका क्रममा आठ मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेपछि जोलीले खुसीका आँसु बगाइन् । यो फिल्म ग्रीक ओपेरा गायक मारिया कालासको बायोगाफीमा आधारित छ ।

जोली यी रोमाञ्चक प्रतिक्रियाबाट आँसु पुछ्दै भावुक भइन् । फिल्मका कलाकारलाई अँगालो हालिन्, जुन फिल्म आगामी अस्करको दाबेदार हुने निश्चित छ । फिल्मले जोलीलाई १५ वर्षपछि उत्कृष्ट अभिनेत्रीको दौडमा उभ्याउने प्रक्षेपण गरिएको छ ।

यसअघि उनी क्लिंट ईस्टवुडको सन् २००९ को फिल्म ‘द चेन्जेलिङ’मा अस्कर मनोनित भएकी थिइन् । सन् २००० मा फिल्म ‘गर्ल, इन्टरप्टेड’को लागि उत्कृष्ट सहायक अभिनेत्रीको लागि अस्कर जितिन् । यो वर्षको अन्त्यतिर नेटफ्लिक्सले ‘मारिया’ रिलिज गर्ने तयारी छ ।

भेनिसमा ‘मारिया’को स्क्रिनिङ हुनुभन्दा २४ घण्टाअघि जोलीको फ्यानडम सुरु भयो । इटालियनको एउटा समूहले बुधबार रातभर पाल र छाता लिएर बाहिर क्याम्प लगायो । ९० डिग्री फरेनहाइटको तापक्रम सहँदै फ्यान आफ्ना सुपरस्टारको एक झलक पाउ पंक्तिबद्ध देखिए ।

जब जोली थिएटरमा पुगिन्, अटोग्राफमा हस्ताक्षर गरिन् र सेल्फी लिइन् । छेउमा घुँडा टेकेर ओछ्यानमा रहेका हड्डीसम्बन्धी रोगबाट पीडित एक प्रशंसकलाई पनि भेटिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?