+
+

कोशीमा माओवादीले फिर्ता लियाे सरकारलाई दिएको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १४:१९

१४ भदौ, विराटनगर । नेकपा माओवादी केन्द्रले काेशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेकाे संसदीय दलकाे बैठकपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हाे ।

माओवादी केन्द्रले दल र संसदकाे तर्फबाट समर्थन फिर्ता लिएको माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बाेले बताए । २७ वैशाखमा माओवादी केन्द्रकाे समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए ।

समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयलमा दर्ता गरेकाे प्रदेशसभा सचिव गाेपाल पराजुलीले जानकारी दिए । नेपाली कांग्रेसले पनि सरकारलाई समर्थन गरेकाे पत्र दर्ता गरेकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?