+
+

मुख्यसचिव अर्यालले बुझे नियुक्तिपत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १५:०३

१४ भदौ, काठमाडौं । नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले नियुक्तिपत्र बुझेका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर अर्यालले नियुक्तिपत्र बुझेका हुन् ।

आज शुक्रबार सेवा निवृत्त हुन लागेकी मुख्यसचिव लीलादेवी गड्तौलाले अर्याललाई नियुक्तिपत्र हस्तान्तरण गरिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको थियो ।

अर्याल करिब १५ महिना मुख्यसचिव रहनेछन् । २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।

सीडीडो हुने लक्ष्य राखेर निजामती प्रवेश गरेका अर्याल नासुबाट सरकारी सेवा थालेर मुख्यसचिवसम्म बन्ने कर्मचारी बनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?