+
+

हजार जिब्रो भएका नागले पनि मुख्यमन्त्रीको वर्णन गर्न सक्दैन : केदार कार्की

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १५:५१

१४ भदौं, विराटनगर। कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको वर्णन हजार जिब्रो भएको नागले पनि गर्न नसक्ने बताएका छन् ।प्रदेशको बजेटप्रति असन्तुष्ट बनेका उनले मुख्यमन्त्री कार्कीलाई आलोचनात्मक रुपमा यस्तो बताएका हुन् ।

कार्कीले आफ्नो क्षेत्रका पर्ने केसलिया करिडोर निर्माणको योजना मुख्यमन्त्रीले काटेको बताए । सधै बाढीले डुब्ने क्षेत्रका जनतालाई सरकारले अपराध गरेको बताए ।

१० वर्ष मुनिको बालबालिकाको उपचार अनुदान शीर्षकको बजेट कटाती ‍भएको भन्दै उनले असन्तुष्टि जनाए ।

सुकुम्बासीलाई जग्गा खरिदमा अनुदान दिने बजेट कटौती गरेको, सैलेजा आचार्य स्मृति अस्पतालको बजेट कटौतीमा पनि उनले असन्तुष्टि जनाए ।

आफ्नो नेतृत्व सरकारले ल्याएका जनमैत्री कामलाई पुन समेट्न आग्रह गरे । उनले सात दिन भित्र बजेट नसच्याई आठौं दिन सडकमा भेट हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?