+
+

यो साता बजार ७.५ प्रतिशत घट्यो, यी हुन् मूल्य धेरै घटबढ भएका कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १७:०५

१४ भदौ, काठमाडौं । गत साता २९७४ अंकमा रहेको सेयर बजार यो साता २७४९ अंकमा बन्द भयो । साताभर २२५ अंक अर्थात् ७.५ प्रतिशतले बजार घट्यो ।

बजारको गिरावटले यो साता केही ठूलो रुप लियो । पहिलो दिन आइतबार नै बजार ७९.८८ अंक घट्यो । सोमबार सार्वजनिक विदाका कारण बजार बन्द रह्यो । मंगलबार १११.९६ अंक घटेको बजार बुधबार जम्मा ३.८ अंक मात्रै बढ्यो भने बिहीबार ३६.८३ अंक घट्यो ।

बजार घट्दा कारोबार रकम पनि उच्च दरमा घट्दै गएको छ । साउन ३१ गते एकै दिन २९ अर्ब ९५ करोड रुपैयाँ कारोबार भएकोमा अहिले १२ अर्ब हाराहारी झरेको छ ।

यो साता आइतबार १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार १८ अर्ब ६४ करोड, बुधबार १३ अर्ब ७२ करोड र बिहीबार १२ अर्ब २४ करोडको कारोबार भयो । बजारसँगै कारोबार रकम घट्नुले यो सााता बजारमा खरिद पक्ष कमजोर देखियो भने बिक्री गर्नेहरु पनि धेरै आत्तिएनन् भन्ने जनाउँछ ।

किन धेरै झरे फाइनान्स र बैंकिङ
बजारमा जुन समूहका सूचक अघिल्ला साता धेरै बढ्यो, तिनै सूचक यो साता धेरै घटे । गत साता समग्र बजार ०.८ प्रतिशत घट्दा पनि फाइनान्स समूह सबैभन्दा धेरै ३.३ प्रतिशत र बैंकिङ समूह १.६ प्रतिशत बढेको थियो ।

तर यो साता बजारको गिरावट दर ठूलो रहँदा गत साता बढेका समूह यो साता उच्च दरमा घटे । फाइनान्स १०.४ र बैंकिङ समूह ८.९ प्रतिशत घटे । बजार बढ्दो क्रममा रहँदा फाइनान्स क्षेत्रमा आएको उच्च वृद्धिले कतिपय फाइनान्स कम्पनीमा जोखिम समेत बढेको थियो । जसले गर्दा बजार घट्ने क्रममा तिनै फाइनान्स कम्पनीहरु उच्च दरमा घटे ।

उच्च कारोबार
यो साता उच्च कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रह्यो । सो कम्पनीको यो साता २ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो । हिमालयन रिपछि अपी पावर, नेपाल फाइनान्स, अरुणभ्याली हाइड्रोपावर, शिवम् सिमेन्ट, सानिमा माइ हाइड्रोपावर, साइन रेसुङ्गा विकास बैंक, एचआईडीसीएल, गुडविल फाइनान्स र निफ्रा क्रमशः अगाडि रहे ।

क्षेत्रगत रुपमा हेर्दा भने यो साता पनि हाइड्रोपावर समूहको कारोबार उच्च रह्यो । अन्तिम दिन बिहीबार कुल १२ अर्ब करोडको कारोबार हुँदा हाइड्रोपावर समूहको ३ अर्ब ८९ करोडको भयो । अर्थात हाइड्रोपावर समूहको मात्रै ३१ प्रतिशत हिस्सा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?