+
+

‘सानो संसार’को टिजर : मध्यमवर्गीय परिवारको आदर्श र यथार्थको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १६:४१

काठमाडौं । फिल्म ‘सानो संसार : स्टोरिज अफ मिडल क्लास’को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ । सिद्धार्थ पुडासैनी निर्देशित फिल्मको टिजरमा भावना र हाँसोको मिश्रण छ ।

मध्यमवर्गीय परिवारको संघर्ष, पीडा र संवेदनालाई टिजरमा चित्रण गरिएको छ । मध्यमवर्गले देख्ने ठूला सपना र ती सपना पूरा गर्न हुने कठिनाइबीचको कथावस्तु वरपर टिजर घुमेको छ ।

नयाँ कलाकारलाई लिएर बनाइएको यो फिल्ममा अन्जसा रिजाल, अनु दाहाल, राज पंगेनी शर्मा, सीतादेवी तिमल्सिना, शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय छ ।

राजधानी मिडिया र प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण भएको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । माधव वाग्ले कार्यकारी निर्माता हुन् । ‘सानो संसार’ असोज ११ बाट प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?