+
+

सगरमाथा जोगाउने शेर्पाहरू हुन् : मन्त्री पाण्डे

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १६:४५

१४ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउने वीर शेर्पा समुदाय भएको बताएका छन् ।

शुक्रबार नेपाल पर्वतीय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विश्वमा वीर गोर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीर शेर्पा भएको बताए ।

‘प्रत्येक समाज र देशको आ–आफ्नै संस्कृति छ । वीर गोरखाली र हाम्रा पोरख गर्ने हिमाल चढ्ने र चढाउने हिमाली शेर्पाहरू हुन्,’ मन्त्री पाण्डेले भने ।

उनले साहसिक शेर्पाहरूले नै हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको भन्दै उनले संस्कार र संस्कृति गुमाउने हो भने नेपालले आफ्नो अस्तित्व गुम्ने बताए ।

मन्त्री पाण्डेले माउन्टेन एकेडेमीलाई अन्तर्राष्ट्रिय शैक्षिक हबका रूपमा अघि बढाउनु पर्ने समेत बताए ।

‘अब यसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउनु पर्छ । सोलुखुम्बु र त्यस वरपरका क्षेत्रका लागि मात्रै होइन । संसारभरका विद्यार्थी पढ्ने गरी दायरा बढाउनु पर्छ,’ उनले भने ।

मन्त्री पाण्डेले नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?