+
+

थाइल्यान्डमा पाटा नेपालले गर्‍यो नेपाल प्रवर्द्धन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १३:०३

१४ भदौ, काठमाडौं । थाइल्यान्डको बैंककमा आयोजित प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ट्राभल मार्ट २०२४ मा नेपाल प्रवर्द्धन गरिएको छ ।

नेपालबाट १८ निजी कम्पनीसहित पाटा नेपालले सहभागिता जनाएको थियो । पाटा ट्राभल मार्टमा ४५ वटा गन्तव्यबाट ९ सयभन्दा बढी प्रतिनिधि सहभागि थिए ।

२४ गन्तव्यका १६८ विक्रेता संस्थाबाट २६६ जना प्रतिनिधिका साथै ३१ स्रोत बजारका १७३ संस्थाबाट १९१ क्रेता प्रतिनिधि सहभागी भएको पाटा नेपाल च्याप्टरले जनाएको छ ।

पाटाको मुख्यालय थाइल्यान्ड स्थानान्तरणको २५औं वर्षको अवसरमा मार्टको ४७औं संस्करण थाइल्यान्डको राजधानी बैंककमास्थित ’क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टर’ मा आयोजना गरिएको थियो ।

पाटा नेपाल च्याप्टरले वर्ष २०२३–२४ मा पाटाको उद्देश्य र भावना अनुरूप पर्यटन क्षेत्रको प्रवर्द्धन, बजारीकरण र दिगो विकासका लागि सम्पन्न गरेका उत्कृष्ट गतिविधिहरूको सम्मानस्वरूप’ पाटा अवार्ड अफ एक्सिलेन्स’ प्राप्त गरेको छ ।

२८ अगस्टमा आयोजित पाटा गोल्ड अवार्ड प्रस्तुति समारोहमा नेपाल पर्यटन बोर्डको एसटीएलआर परियोजनाले समुदायमा आधारित पर्यटन विधामा पाटा गोल्ड अवार्ड र इन्टरपिड डीएमसी नेपाललाई ‘सस्टेनाबिलिटी एन्ड सोसियल रेस्पोन्सीबिलिटी’ विधामा ग्रान्ड टाइटल विजेता अवार्ड प्रदान गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?