+
+

इन्सपेक्टर हुँ भन्दै लुटपाट गर्ने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते १७:१२

१४ भदौ, काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) हुँ भनेर लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ घर भएका २५ वर्षीय सुमन तामाङ भनिने मिङमार तामाङ र बाग्लुङको काठेखोला गाउँपालिका–२ का ६३ वर्षीय बलबहादुर सुनार छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरुमध्ये सुमनले आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोशाकको इन्सपेक्टर भएको बताउँदै लुटपाट गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा एसपी काजीकुमार आचार्यले बताए ।

२२ साउनमा सुमनले काभ्रे घर भई डल्लुमा बस्दै आएका तीर्थलाल तमााङलाई आफू इन्सपेक्टर भएको बताउँदै १ तोलाको सुनको सिक्री र नगद ६७ हजार लुटपाट गरेको पाइएको प्रहरीले जनाएको छ ।

लुटपाट भएपछि तीर्थलालले प्रहरीमा निवेदन दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

लुटपाट गरेको सुनको सिक्री उनले बलबहादुरलाई बेचेको पाइएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । बलबहादुरको गोंगबुमा बाग्लुङ भगवती सुनचाँदी पसल छ ।

लुटपाटमा प्रयोग भएको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । मोटरसाइकलमा प्रयोग भएको नम्बर प्लेट समेत उनले नक्कली हालेको खुलेको छ ।

यही शैलीमा सुमनले अन्य व्यक्तिलाई पनि लुटपाट गरेको भन्दै ८ वटा उजुरीसमेत परेको एसपी आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?