+
+

फिल्म ‘देवी’को मर्मस्पर्शी गीत ‘सेलाइ देऊ खोलामा’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १४ गते २१:१४

काठमाडौं । कलाकार शिल्पा मास्के, नाजिर हुसेन र गौरव पहारीको मुख्य भूमिका रहेको फिल्म ‘देवी’को ‘सेलाइ देऊ खोलामा’ बोलको अडियो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतका शब्द मर्मस्पर्शी लाग्छन् ।

सुशान्त गौतमको संगीत निर्देशन तथा सुश्मा सिग्देलको शब्द रचना रहेको गीतमा सज्जा चौलागाई र समीक्षा अधिकारीको स्वर छ । सार्वजनिक गीतमा बाल गायिकामा अभानी अर्याल र शिक्षा लिम्बुको स्वर पनि सुन्न सकिन्छ । सिनेमाको यसअघि सार्वजनिक टिजर, ट्रेलर र गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

क्राइम–थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा फिल्म बनेको हो । प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

फिल्ममा टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुव कोइराला, निरिक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको पनि अभिनय छ । रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको फिल्मका कार्यकारी निर्माता जावेद खान तथा सहनिर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?