+
+

कांग्रेसका शीर्ष नेताको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते ७:४६

१५ भौदौं, काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्न लागेको हो । बैठकमा पूर्व र वर्तमान पदाधिकारीलाई बोलाइएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन सहमतिमा पारित गर्नका लागि बैठक बस्न लागेको हो ।

आइतबार बस्ने केन्द्रीय समिति बैठकले पेस भएका प्रतिवेदन परिर्माजन गरी पारित गर्दैछ ।

यसअघि पनि सभापति देउवाले उपसभापति र महामन्त्रीहरूसँग प्रतिवेदनबारे छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?