+
+

यो सत्ता समीकरण ०८४ सम्मै जान्छ : सञ्चारमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते ९:५१

१५ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने बताएका छन् ।

अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै उनले समीकरण भत्किने कारण नभएको बताएका हुन् ।

पोखरामा आज बिहान पत्रकारसम्म कुराकानी गर्दै उनले, ‘हाम्रो सरकार के कारणले ढल्छ ? सरकार चलाउनको लागि तेस्रो पार्टी चाहिएकै छैन। त्यसैले सरकार ढल्ने कुरै छैन ।’

उनले सत्ता समीकरणका प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली मिल्नेबेलासम्म केही नहुने बताए ।

उनीहरूबीच नै फाटो आउनसक्छ कि ? भन्ने प्रश्नमा मन्त्री गुरुङले माओवादीतर्फ संकेत गर्दै ३२ सिटको म्याजिक नम्बरले दुवै नेतालाई ठगेकोले त्यस्तो नहुने दाबी गरे ।

अहिलेको सरकारले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको विषय पनि टुंग्याएको भन्दै यसले पनि सरकार ०८४ सम्मै टिक्ने संकेत गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?