+

क्रिकेटर सोमपाल टेन प्लास्टको ब्राण्ड एम्बास्डर

२०८१ भदौ  १५ गते १०:५८ २०८१ भदौ १५ गते १०:५८
क्रिकेटर सोमपाल टेन प्लास्टको ब्राण्ड एम्बास्डर

१५ भदौ, बुटवल । क्रिकेटर सोमपाल कामी टेन प्लास्ट इण्डस्ट्रिजका उत्पादनको ब्राण्ड एम्बास्डरमा अनुबन्धित भएका छन् ।

भैरहवामा एक औपचारिक समारोहमा उद्योगका अध्यक्ष धिरज अग्रवालले क्रिकेटर कामीलाई उद्योगको प्लम्बिङ पाइप हस्तान्तरण गर्दै एम्बास्डरमा अनुबन्धित भएको सार्वजनिक गरेका हुन् ।

ब्राण्ड एम्बास्डरमा अनुबन्धनको सम्झौता १५ महिनासम्म लागू हुने सोमपालले बताए ।

उनले उद्योगका अध्यक्ष धिरज अग्रवाल क्रिकेटप्रेमी भएका, उद्योगको नाम र आफ्नो जर्सी नम्बरको अंकसमेत मिलेकाले स्वदेशी उत्पादनको प्रवर्धनमा आफू अनुबन्धित भएको बताए ।

उद्योगका अध्यक्ष अग्रवालका अनुसार एक अर्ब लगानीमा २०७७ सालमा स्थापना भएको उद्योगले नेपालमै पहिलोपटक इटालियन प्रविधिबाट प्लम्बिङसम्बन्धी सबै सामान एउटै उद्योगबाट उत्पादन गरिरहेको छ । साथै सय जना बढीलाई प्रत्यक्ष रोजगारी दिएको उनले बताए ।

नेपाल गुणस्तर चिह्नसमेत प्राप्त गरेको उद्योगले थाइल्याण्ड, भियतनामलगायत देशबाट कच्चा पदार्थ आयात गरिरहेको अग्रवालले बताए ।

ब्राण्ड एम्बास्डर सोमपाल कामी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय