+
+

ढोरपाटन सिकार आरक्षको करिब २०० हेक्टर जमिन अतिक्रमण

रासस रासस
२०८१ भदौ १५ गते १३:०६

१५ भदौ, म्याग्दी । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको करिब दुई सय हेक्टर सार्वजनिक जमिन अतिक्रमण भएको पाइएको छ ।

एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पूर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । आरक्षको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा १८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ ।

जग्गाधनी पुर्जा भएकै घरछेउमा जग्गा अतिक्रमण गरेर आफ्नो कम्पाउन्डमा भित्र्याउने क्रम बढेको हो । आरक्षको जग्गा बर्सेनि अतिक्रमित भए पनि सरोकारवाला निकायबाट यसलाई रोक्ने प्रयास भएको छैन ।

आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीले ३४ स्थानमा तीन सय ११ घरधुरीले एक सय ८५ हेक्टर क्षेत्रफल जमिन अतिक्रमण गरेको बताए । ‘सिकार आरक्षमा अतिक्रण मुख्य चुनौती बनेको छ,’ उनले भने, ‘अतिक्रमण पहिचान गरी खाली गराउन नेपाल सरकारका विभिन्न निकाय र सरोकारवालहरुसँग पहल गरेका छौँ ।’

वन तथा खर्क क्षेत्रमा बसोबास र खेतीपातीका लागि अतिक्रमण भएको छ । रुकुमको रन्मा, मैकोट, हुकाम, तकसेरा र काक्री, म्याग्दीको जलजला र गुर्जाघाट तथा बागलुङको छेन्तुङ, स्यालपाखे, नवीलगायत गाउँमा पनि अतिक्रमण छ ।

अतिक्रमणमा परेको केही जमिनमा खेती लगाइएको छभने केही जमिन कम्पाउन्ड घेरेर मात्रै राखेका छन् । आरक्षको तथ्यांकमा २०४७ देखि सामान्य अतिक्रमण सुरु भएको देखिन्छ । सशस्त्र द्वन्द्वको समयमा यो क्रम बढेको हो ।

सरकारले विसं २०३९ सालमा सिकार आरक्ष स्थापना गरेको थियो । अतिक्रमणसँगै संरक्षण अभावमा ढोरपाटनको रुद्रताललगायत केही संरचना लोप हुने अवस्थामा छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?