+

राहुल द्रविडका छोरा समित भारतको यू–१९ टोलीमा

२०८१ भदौ  १५ गते १४:३१ २०८१ भदौ १५ गते १४:३१
राहुल द्रविडका छोरा समित भारतको यू–१९ टोलीमा

१५ भदौ, काठमाडौं । भारतीय क्रिकेटका सफल पूर्वप्रशिक्षक तथा ब्याटर राहुल द्रविडका छोरा समित पहिलो पटक यू–१९ राष्ट्रिय टोलीमा परेका छन् ।

भारतले घरेलु मैदानमा अष्ट्रेलियासँग खेल्ने यू१९ एकदिवसीय र फोर डे सिरिजलाई समितलाई समेटेको हो । उनी दुबै सिरिजको लागि टोलीमा परेका छन् ।

१८ वर्षीय समित तीव्र गतिमा बलिङसँगै मध्यक्रममा ब्याटिङ गर्ने गर्दछन् । यसै वर्ष उनले फोर डे क्रिकेट अन्तर्गत कोच बेहार ट्रफीको उपाधि कर्नाटाकालाई पहिलो पटक जिताउन ८ खेलमा ३६२ रन बनाउनुको साथै १६ विकेट लिएका थिए । जसमा जम्मु कश्मिरविरुद्ध ९८ रन र फाइनलमा मुम्बईविरुद्ध २ विकेट सामेल थियो ।

अघिल्लो साता बेंगलोरमा भएको महाराजा टी २० प्रतियोगिता उनले मैसुरु वारियर्सबाट खेलेका थिए । उक्त प्रतियोगिता ७ खेलमा ८२ रन बनाउँदा उच्च प्रदर्शन ३३ रन थियो ।

भारत र अष्ट्रेलिया यू–१९ टोलीबीच तीन एकदिवसीय खेल २१, २३ र २६ सेप्टेम्बरमा पुडुचेरी तथा दुई फोर डे क्रिकेट चेन्नईमा ३० सेप्टेम्बरदेखि सुरु हुनेछ ।

राहुल द्रविड समिट द्रविड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय