+
+

कोशीका मुख्यमन्त्री कार्कीसँग प्रकाशले भने–पशुपालन गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते १६:२४

१५ भदौ, काठमाडौं । साढे तीन दशक बढी घरपरिवारबाट अलग भएका भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सहयोगको आश्वासन दिएका छन् ।

नागरिकता बनाउनेगरी भोजपुरको षडानन्द नगरपालिका फर्किएका प्रकाशलाई मुख्यमन्त्री कार्कीले शनिबार फोन मार्फत् सहयोगको आश्वासन दिएका हुन् ।

‘जे अनुकुल हुन्छ, त्यसमा सहयोग हुन्छ । विराटनगर आउनुहोस्, जे गर्नु हुन्छ, सहयोग दिलाइदिन्छु’ मुख्यमन्त्री कार्कीले भनेका छन् । प्रकाशले आफूले जानेको पशुपालन भएकाले त्यही गर्ने बताए ।

‘दुर्गम क्षत्रेमा बसेको हुनाले पशुपालन …’ प्रकाशले भनेका छन् । मुख्यमन्त्री कार्कीले नागरिकता बनाएपछि उपयुक्त समयमा विराटनगर आउन आग्रह गरेका छन् । प्रकाशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समय मिलेका बेला सिंहदरबार बोलाएका छन् ।

हेर्ने कथा नामक च्यानलमा प्रकाशको कथा आएपछि अहिले उनी चर्चामा छन् । झापाबाट काठमाडाँैं हुँदै हराएका प्रकाश गोरखाको हिमाली क्षेत्रमा ३५ वर्ष बसेका थिए ।

तर परिवार पत्ता लागेपछि प्रकाश भोजपुर फर्किएका छन् । उनलाई शुक्रबार मात्र चुमनब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङ बिदा गरेका थिए । आज काठमाडौंबाट तुम्लीङटार विमानस्थल भएर भोजपुर पुगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?