+
+

प्रधानमन्त्री ओलीको विश्वास: बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते १७:२६
क्याप्टेन रामेश्वर थापाको पुस्तक 'इनटु द फायर' विमोचन कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा ।

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

गत १० भदौको प्रतिनिधि सभा बैठकमा प्रचण्डले श्रीलंका वा बंगलादेशजस्तो अवस्था आउन सक्ने खतराबारे बोलेका थिए । त्यसको जवाफमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल कुनैपनि मुलुकको फोटोकपी मेसिन नभएकाले बंगलादेश वा श्रीलंकाको खतरा यहाँ नआउने बताएका हुन् ।

‘नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृत छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई बल बनाउन हामी लागेका छौं । लोकतन्त्र विरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन ।’

प्रधानमन्त्री ओलीले प्रचण्डलाई उल्टै चेतावनी दिए । ‘हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेहरुलाई म राम्ररी सिक भन्न चाहन्छु, नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन’, उनले भने ।

मुलुकमा हिंसात्मक गतिविधि चलेको बेला आफूले हिंसाको चर्को विरोध गरेको र राजनीतिक समाधानको पहल गरेको पनि बताए । प्रधानमन्त्री ओलीले कुनैपनि गतिविधि वा अराजकतालाई कानूनी रुपमा रोक्ने पनि बताएका छन् ।

प्रचण्डप्रति भने प्रधानमन्त्री ओलीले चर्कै आक्रोश जनाएका छन् । ‘मैले १७ हजार मान्छे मारेको छु र डराउने ? लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउने ?’, प्रधानमन्त्रीको आक्रोश थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?