+
+

दोस्रो इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनलाई

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते १८:२७

१५ भदौ, पोखरा । पोखरामा भएको दोस्रो इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा भएको प्रतियोगितामा ९ स्कुललाई पछि पार्दै गुरुकुलले उपाधि जितेको हो ।

उपाधि विजेता गुरुकुलले नगद १ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । शनिबार पोखरा सभागृहमा भएको फाइनल प्रतियोगितामा ग्लोबल कलेजियट माविले द्वितीय स्थान प्राप्त गर्‍यो भने फिस्टेल एकेडेमीले तृतीय स्थान प्राप्त गरेको छ ।

द्वितीय स्थान प्राप्त गरेको ग्लोबल कलेजियटले नगद ५० हजार र तृतीय हुने फिस्टेल एकेडेमीले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो ।

प्रतियागिताको बेस्ट भोकलमा कालिका माविका अमोन गुरुङ, बेस्ट बास गिटारिस्टमा लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी, बेस्ट लिड गिटारिस्टमा प्रतिभा माविका सायुस बज्राचार्य उत्कृष्ट घोषित भए ।

त्यस्तै, बेष्ट ड्रमरमा प्रगति बोर्डिङ स्कुल, बेस्ट लिरिक्समा लाभिन्स रेसिडेन्सियल स्कुल र बेस्ट म्यूजिक कम्पोजरमा कालिका मावि उत्कृष्ट भए । प्रतियोगितामा पब्लिक च्वाईसतर्फ गण्डकी बोर्डिङ स्कुल र जुरी च्वाईसमा मदरल्याण्ड मावि (बी) घोषित भए । विधागत रुपमा उत्कृष्ट भएकाहरुलाई नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

फाइनल राउन्डमा शनिबार प्रतिस्पर्धी स्कुल ब्यान्डहरुले २/२ वटा गीत प्रस्तुत गरेका थिए । जसमा एउटा आफ्नो मौलिक र अर्को गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गरेको संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ) गुरुङले जानकारी दिए । प्रतियोगितामा कुल १९ स्कुल व्याण्ड छनोट भएर प्रतिस्पर्धा गरेका थिए ।

संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा व्याण्डहरुको राजधानी भनेर चिनिएको भन्दै सो पुरानो विरासत फर्काउन प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । यसले संगीत सिर्जनामा लाग्न प्रेरणा र दवाब पुग्ने उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?