+
+

आकर्षक डिजाइन र अफरले नाडा अटो शोमा बढ्यो दिपलको ‘चार्म’

भृकुटीमण्डपमा जारी नाडा अटो शोमा विद्युतीय गाडी (ईभी) ब्रान्ड दिपलको छुट्टै चार्म देखिएको छ । आकर्षक डिजाइनको गाडी जस्तै आकर्षक अफरले दिपल अहिले अटो शोमा आकर्षणको केन्द्र बनिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते १९:२०

१५ भदौ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा विद्युतीय गाडी (ईभी) ब्रान्ड दिपलको छुट्टै चार्म देखिएको छ ।

आकर्षक डिजाइनको गाडी जस्तै आकर्षक अफरले दिपल अहिले नाडा अटो शोमा आकर्षणको केन्द्र बनिरहेको छ ।

दिपल निर्माता चांगानले नाडा अटो शोमा सार्वजनिक गरेको दिपल एल०७ इलेक्ट्रिक सेडानलाई सात वर्षका लागि ७.९९ प्रतिशत निश्चित ब्याजदरमा खरिद गर्न सकिने छ ।

नाडा अटो शोमा यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । दिपलकाे आधिकारिक वितरक एमएमब्लु वृद्धि अटाेकर्प सञ्चालक एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु अग्रवालका अनुसार नाडा अटो शो मा शनिबारसम्म १ सयभन्दा धेरै दीपल गाडी बुकिङ भएका छन् । जुन प्रिमियम इभी सेगमेन्ट सबैभन्दा धेरै हो । खासगरी ग्राहकले यसको डिजाइन र फ्युचरिस्टिक टेक्नोलोजी मन पराएको अग्रवालले बताए ।

एल०७ का फिचर

यो नयाँ ईभीमा वेलकम सिट, जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिलिजेन्ट एडास २.५ जस्ता फिचरले दिपललाई लक्जरी र सुरक्षाका हिसाबले सबैभन्दा बढी फ्युचरिस्टिक ईभी बनाएको कम्पनीको भनाइ छ ।

दिपल एल०७ पनि एस०७ जस्तै लक्जरियस, इन्टिलिजेन्ट र प्राविधिक रूपमा बेजोड रहेको कम्पनीको भनाइ छ । ६६.८ किलोवाट आवर ब्याट्री भएको यो ईभीले सिंगल चार्जमा ५ सय ४० किलोमिटर रेन्ज दिनेछ ।

गाडी डिजाइनको हेरिटेज मानिने इटालीको टुरिनमा डिजाइन गरिएको यो ईभीले डिजाइन क्षेत्रको ओस्कार भनेर चिनिने रेड डट अवार्ड २०२३ हासिल गरेको थियो ।

फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टम सहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई अझ अब्बल बनाएको छ । पानारोमिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन, ओपन र लक्जरियस अनुभव दिलाउँछ ।

संगीत, फोन कल र फोटो खिच्ने लगायत फङ्सनका लागि एल०७ को ‘जेस्चर कन्ट्रोल’ का माध्यमबाट हातको संकेतले कमान्ड लिन सक्छ । साथै, यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ (एआर एचयूडी) रहेको छ, जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्त्वपूर्ण सूचना दिन्छ । त्यस्तै यसले ड्राइभिङलाई सहज मात्र बनाउँदैन, सुरक्षित पनि बनाउँछ ।

दिपल एल०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ छ । लामो यात्राका लागि यो सेडान लक्जरियस र क्यापेबल दुवै हुनेछ । यसका साथै यसमा रियर ह्विल ड्राइभ रहने छ, जसले सन्तुलित पर्फर्मेन्स दिनेछ । यसको प्रयोग भएको एडभान्स डिजिटल ब्याट्री म्यानेजमेन्ट सिस्टमले इनर्जी इफिसिएन्सीलाई सबल बनाउने छ ।

सुरक्षाका लागि दिपल एल०७ मा ‘इन्टरेक्टिभ एडेप्टिभ क्रुज कन्ट्रोल’ सहितको ‘इन्टिलिजेन्ट एडास २.५’, ६ वटा एयरब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम’, ‘सेफ डिस्टेन्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’ सहितको ३६० डिग्री क्यामरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्रयाक्स वार्निङ’ लगायत धेरै व्यवस्था छ ।

नेपालका लागि प्रिमियम र इन्टिलिजेन्ट दिपल ईभी कारको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प प्रालिले फ्युचरिस्टिक दिपल एल०७ इलेक्ट्रिक सेडान खरिदमा ‘बिग ब्यांग अफर’ घोषणा गरेको छ ।

दिपल एस ०७ मा पनि उस्तै

नयाँ ईभी एल०७ जस्तै दिपल एस०७ मा पनि नडा अटो शोमा अफर आएका छन् । शोमा बिग ब्यांग अफर अन्तर्गत ग्राहकले अब दिपल एस०७ प्रिबजेट मूल्यमा ७१ लाख ९९ हजार रुपैयाँ वा सात वर्षका लागि ६.९९ प्रतिशत ब्याजदरमा किन्न सक्नेछन् । शुक्रबारसम्म यसको बुकिङ ४७ युनिट भइसकेको छ ।

यो ईभीमा डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ छ, जसको माथि ६६.८ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले सिंगल चार्जमा ४ सय १० किलोमिटर रेन्ज (डब्लूएलटीपी) दिन्छ । यसमा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर छन् ।

संगीत, फोन कल र फोटो खिच्ने लगायत फङ्सनका लागि एस०७ को ‘जेस्चर कन्ट्रोल’ का माध्यमबाट हातको संकेतले कमान्ड लिन सक्छ । साथै, यसमा ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ (एआर एचयूडी) छ । यसले ‘रियल टाइम नेभिगेसन’ लगायत महत्त्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिङलाई सहजमात्र बनाउँदैन, सुरक्षित पनि बनाउँछ ।

त्यस्तै क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ छ, जुन टचस्क्रिन ‘इन्टर्‍याक्ट’ गर्ने यात्रुतिर आफैं फर्किन्छ । दिपल एस०७ मा ‘वेलकमिङ सिट’ पनि छ, जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइअनुसार सिटको पोजिसन आफैं मिलाइदिन्छ ।

दिपलमा पछाडिमात्र होइन, अगाडि बोनेटमा पनि सामान राख्न १ सय २५ लिटरको ‘फ्रंक’ स्पेस छ । यसमा रहेको २० इन्चको विशाल टायरले ईभीलाई आकर्षक मात्र बनाउँदैन, यसको पर्फर्मेन्समा पनि सुधार ल्याउँछ ।

त्यस्तै नेपालमै पहिलो पटक दिपल एस०७ मा अन्य कुनै पनि ईभीमा नभएको चार ‘ड्राइभिङ मोड’ (इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज) रहेको छ, जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिङ अनुभव दिलाउँछ ।

दिपल एस०७ मा प्रयोग भएको ‘फ्रेमलेस डोर’ र ‘फ्लस ह्यान्डल’ ले यो ई–एसयूभीको आकर्षण र ‘एरोडाइनामिक्स इफिसेन्स’ बलियो बनाएको छ । साथै, यसमा ‘हेडरेस्ट स्पिकर’ र ‘आउटडोर स्पिकर’ सहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर छन् ।

कारभित्रको वातावरण ‘कस्टमाइज’ गर्न ‘न्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट शो’ जस्ता ‘इन्टिलिजेन्ट सिनारियो मोड’ छन् । साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एडजस्ट’ गर्न मिल्ने र ‘सनसेड’ खोल्न र बन्द गर्न सकिने टचस्क्रिन छ ।

सुरक्षाका लागि दिपल एस०७ मा ‘इन्टर्‍याक्टिभ एडप्टिभ क्रुज कन्ट्रोल’ सहित ‘इन्टिलिजेन्ट एडास २.५’, ६ वटा एयरब्याग, ‘अटोमेटिक इमर्जेन्सी ब्रेकिङ’, ‘ड्राइभर फ्याटिग मनिटरिङ सिस्टम’, ‘सेफ डिस्ट्यान्स वार्निङ’, ‘ट्रान्सपेरेन्ट च्यासिस’ सहित ३६० डिग्री क्यामरा, ‘ड्राइभ भिडियो रेकर्डर’, ‘डिस्ट्र्याक्स वार्निङ’ लगायत फिचर छ । यो ६ आकर्षक रङमा उपलब्ध छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?