+
+

हरिभक्तले ल्याए रोमान्टिक गीत ‘तिम्रै नाम जप्न पाऊँ’

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १५ गते १८:२५

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘तिम्रै नाम जप्न पाऊँ’ सार्वजनिक भएको छ । टेक विसी र जुनु गौतमको स्वर, भीम बिसीको संगीत र कुमार रानाको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा टेक विसी र रस्मिता तामाङलाई फिचरिङ गरिएको छ । गीत आफूले माया गरेको प्रेमिलाई समर्पित गरिएको छ ।

‘सधैंभरि यसैगरी तिम्रै हुन पाउँ । मरि गए यो जीवन तिम्रै नाम गर्न पाउँ’ गीतमा भनिएको छ । प्रकाश खड्का र टिमको छायांकन रहेको भिडियोलाई बि-स्टार फिल्म्सले सम्पादन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?