+
+

डा. बिनयको नेतृत्वमा युरोपका नेपाली स्वास्थ्यकर्मी संगठित

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते ६:४७

१६ भदौ, बार्सिलोना । युरोपका विभिन्न देशमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरू संगठित भएका छन् ।

स्विट्जरल्यान्डमा क्यान्सर रोग विशेषज्ञको रुपमा कार्यरत डा. बिनयकुमार श्रेष्ठको नेतृत्वमा युरोपका नेपाली स्वास्थ्यकर्मीहरू संगठित भएका हुन् ।

शनिबार भर्चुअल रुपमा आयोजना भएको एक कार्यक्रममा ‘सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल इन युरोप’ नामको संस्था घोषणा गरिएको हो ।

दुई दशकदेखि स्विट्जरल्यान्डमा बस्दै आएका डा. श्रेष्ठ बेर्नस्थित युनिभर्सिटी अस्पतालमा रेडिएसन अंकोलोजी विभागमा विशिष्ट विशेषज्ञको रुपमा कार्यरत छन् ।

कार्यसमितिमा डा.दिपराज थापा (स्विडेन), सागर सुवेदी (अष्ट्रिया),डा. सागर धिताल (जर्मनी),डा.सुनिल हमाल (जर्मनी), डा. मनोज बस्नेत ( फिनल्याण्ड), लक्ष्मी बेलबासे अधिकारी (डेनमार्क) र डा. किशोरमणी श्रेष्ठ (नेदरल्यान्ड्स) रहेका छन् । आईटी र डिजाइन तर्फ शशी श्रेष्ठ (डेनमार्क) र दिपक पौडेलले (स्विडेन) जिम्मेवारी लिएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मीले शुभकामना व्यक्त गरे । विदेशमा रहेका नेपालीको ज्ञान, सिप र पुँजी समाहित गर्ने सरकारको नीति रहेको भन्दै उनले भने, ‘पक्कै पनि यो अभियानले नेपाललाई मद्दत पुग्छ भन्नेमा म विश्वस्त छु,’ बिरामीको आँखामा डाक्टर प्रतिको सम्मान सधैं देखिने भन्दै राजदूत रेग्मीले स्वास्थ्यकर्मीको खुलेर प्रसंशा गरे ।

कार्यक्रममा वक्ताहरुले अन्य देशहरुको तुलनामा नेपालले आफ्नो जीडीपीको सानो अंश मात्रै स्वास्थ्य क्षेत्रमा लगानी गरेको भन्दै उल्लेख सुधार हुन नसकेको बताए ।

उठेका जिज्ञासाको जजाफ दिंदै अध्यक्ष डा.श्रेष्ठले नेपालमा राम्रो स्वास्थ्य नीति बन्न जरुरी रहेको बताए । ‘हेल्थ केयर सिष्टम राम्रो बनाउनका लागि राम्रो स्वास्थ्य नीति बन्न जरुरी छ । त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्नुपर्दछ । साथै स्वास्थ्य क्षेत्रमा लगानी पनि गर्न सक्नुपर्दछ,’ उनले भने, ‘स्विट्जरल्याण्डको स्वास्थ्य क्षेत्रमा ९० प्रतिशतभन्दा बढी लगानी पब्लिक सेक्टरको छ । यहाँ प्राइभेट सेक्टरको इन्भेष्टमेन्ट सानो छ ।’

नेपालसँग तुलना गर्दै डा. श्रेष्ठले स्विट्जरल्याण्डमा जीडीपीको ११-१२ प्रतिशत स्वास्थ्य क्षेत्रमा लगानी भएको तर नेपालमा झन्डै त्यसको आधा जस्तै रहेको बताए ।

उनले नेपालको दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई हौसला स्वरूप बर्सेनि पुरस्कृत गर्ने आफूहरुको योजना रहेको पनि सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?