+
+

मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते ६:५४

१६ भदौ, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

आज बिहान ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको आएसर ट्रक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालक र सहचालक घाइते छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

बसमा सवार सबै सकुशल रहेका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ट्रक र नारायणगढतर्फबाट मुग्लिनतर्फ आइरहेको बस बिहान ठोक्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?