+

कुकलाई पछि पार्दै रुटको कीर्तिमानी शतक

२०८१ भदौ  १६ गते ६:५७ २०८१ भदौ १६ गते ६:५७
कुकलाई पछि पार्दै रुटको कीर्तिमानी शतक

१६ भदौं, काठमाडौं । इंग्ल्यान्डका ब्याटर जो रुटले पूर्व महान् ब्याटर एलिस्टर कुकलाई पछि पार्दै दोस्रो टेस्ट खेलमा श्रीलंकाविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् ।

शनिबार साँझ रुटले श्रीलंकाविरुद्ध दोस्रो इनिङमा १०३ रनको शतकीय इनिङ खेल्दै इंग्ल्यान्डबाट टेस्टमा सर्वाधिक ३४ शतक प्रहार गर्ने कीर्तिमान बनाएका हुन् । उनले एलिष्टर कुकको ३३ शतकलाई पछि पारेका हुन् ।

रुटले २६५ टेस्ट इनिङमा ३४ शतकसहित १२३७७ रन बनाएका छन् । एलिष्टर कुशलले २९१ इनिङमा ३३ शतकसहित १२४७२ रन बनाएका थिए । कुककै इंग्ल्यान्डबाट टेस्टमा सर्वाधिक रन बनाउने कीर्तिमान तोड्न उनी अब ९६ रनले पछि छन् ।

टेस्टमा भारतका सचिन तेन्दुलकले सर्वाधिक ५१ शतक बनाएका छन् । दक्षिण अफ्रिकाका ज्याक्स कालिसले ४५, अष्ट्रेलिया रिकी पोन्टिङ ४१, श्रीलंका कुमार संगाकारा ३८, भारतका राहुल द्रविड ३६, पाकिस्तानका युनिस खान, भारतका सुनिल गाभस्कार, वेस्टइन्डिजका ब्रायन लारा र श्रीलंका महेला जयवर्धनले ३४/३४ शतक प्रहार गरेका छन् ।

लर्ड्समा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो इनिङमा ४२७ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका जो रुट १४३ र तीव्र गतिका बलर गस एट्किन्सनले ११८ रनको शतकीय इनिङ खेल्दै बलियो योगफलमा पुर्‍याएका थिए । श्रीलंकाका तीव्र गतिका बलर असिथा फ्रेनान्डोले सर्वाधिक ५ विकेट लिएका थिए ।

श्रीलंका पहिलो इनिङमा १९६ रनमा अल आउट भएको थियो । कामिन्दु मेन्डिसले सर्वाधिक ७४ रन बनाएका थिए । रुटको कीर्तिमानी शतकको सहयोगमा इंग्ल्यान्ड २५१ रनमा अल आउट भएको थियो ।  ४८३ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका तेस्रो दिनको समाप्तिमा ५३-२ को अवस्थामा छ । पहिलो टेस्टमा इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो । तेस्रो टेस्ट ६ सेप्टेम्बरदेखि सुरु हुनेछ ।

जो रुट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय