+

बार्सिलोनाको ७ गोल, राफिन्हाको ह्याट्रिक

२०८१ भदौ  १६ गते ७:४५ २०८१ भदौ १६ गते ७:४५
बार्सिलोनाको ७ गोल, राफिन्हाको ह्याट्रिक

१६ भदौ, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले रियल भाल्लाडोलिडलाई ७-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

जसमा राफिन्हाले ह्याट्रिक गर्दा रोवर्ट लेवान्डोस्की, जुल्स कुन्डे, डानी ओल्मो र फेरान टोरेसले एक/एक गोल गरे ।

घरेलु मैदानमा भएको खेलको २०औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै लेवान्डोस्कीले अग्रता दोब्बर पारे ।

जुल्स कोन्डे पहिलो हाफको इन्जुरी टाइममा गोल गरेपछि बार्सिलोनाले ३-० को अग्रता बनायो ।

६४औं मिनेटमा राफिन्हाले लेवान्डोस्कीको पासमा व्यक्तिगत दोस्रो गोल गरे । ७२औं मिनेटमा राफिन्हाले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले ५-० को अग्रता बनायो ।

त्यसपछि ओल्मोले ८२औं र फेरान टोरेसले ८५औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले फराकिलो अन्तरले जित निकालेको हो ।

नयाँ सिजनमा राम्रो सुरुवात गरेको बार्सिलोनाको यो लगातार चौथो जित हो । चार खेलबाट १२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमै आसिन छ ।

समान खेलबाट एट्लेटिको मड्रिड ८ अंकसहित दोस्रो स्थानमा छ । समान ८ अंक नै रहेको भियारियाल तेस्रो स्थानमा छ ।

बार्सिलोना राफिन्हा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय