+

हालान्डको ह्याट्रिकमा सिटीको लगातार तेस्रो जित

२०८१ भदौ  १६ गते ७:४८ २०८१ भदौ १६ गते ७:४८
हालान्डको ह्याट्रिकमा सिटीको लगातार तेस्रो जित

१६ भदौ, काठमाडौं । एर्लिङ हालान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि प्रिमियर लिगमा म्यानचेष्टर सिटीले शनिबार राति वेष्टहम युनाइटेडलाई ३-१ ले पराजित गरेको छ । नयाँ सिजन सिटीको यो लगाता तेस्रो जित हो ।

वेष्टहमको मैदानमा भएको खेलको दशौं मिनेटमै हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटीकै रुबेन डियाजले १९औं मिनेटमा आत्मघाती गोल गरेपछि वेष्टहमले खेल बराबरी गर्न सफल भएको थियो । तर, हालान्डले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए ।

हालान्ड यतिमै रोकिएनन् । ८३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने सिटीलाई ३-१ को जित दिलाए ।

तेस्रो जितपछि ९ अंक जोडेर सिटी शीर्ष स्थानमा उक्लेको छ ।

यस्तै आर्सनल र ब्राइटनले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । दुवैको समान ७ अंक छ । गोल अन्तरमा ब्राइटन अघि रहँदै दोस्रोमा छ भने आर्सनल तेस्रो स्थानमा छ ।

लिगकै अन्य खेलमा ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३-१ ले, बर्नमाउथले एभरटनलाई ३-२ ले, एस्टन भिलल्ले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ । नटिङहम फरेस्ट र वल्भ्स तथा इप्सविच टाउन र फुलहमले १-१ को बराबरी खेलेका छन् ।

एर्लिङ हालान्ड म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय