+

बुण्डेसलिगामा लेभरकुजनको ३५ खेलको अपराजित यात्रामा ब्रेक

२०८१ भदौ  १६ गते ७:५७ २०८१ भदौ १६ गते ७:५७
बुण्डेसलिगामा लेभरकुजनको ३५ खेलको अपराजित यात्रामा ब्रेक

१६ भदौ, काठमाडौं । जर्मन बुण्डेसलिगामा बायर लेभरकुजनको ३५ खेलको अपराजित यात्रामा ब्रेक लागेको छ ।

आरबी लाइपजिगले दुई गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै लेभरुकजनलाई ३-२ ले पराजित गरेको हो । लाइपजिगका लागि लोइस ओपान्डाले दुई गोल गरे ।

सन् २०२२-२३ को सिजनको अन्तिममा बुचमसँग ३-० ले पराजित भएको लेभरकुजनले २०२३-२४ मा लिग उपाधि जित्दा कुनै खेलमा हारेको थिएन । गत सिजन लेभरकुजनको एकमात्र हार युरोपा लिगको फाइनलमा एटालान्टाविरुद्ध थियो ।

जेरेमी फ्रम्पोङले ३८औं र एलेक्स ग्रिमाल्डोले ४५औं मिनेटमा गोल गर्दै लेभरकुजनलाई २-० को अग्रता दिलाएका थिए । तर, लाइपजिगले उत्कृष्ट पुनरागमन गर्‍यो । पहिलो हाफको इन्जुरी टाइममा केभिन काम्पलले गोल गर्द  लाइजिगलाई खेलमा फर्काए । त्यसपछि ओपान्डाले ५७औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८०औं मिनेटमा वियजी गोल गरे ।

लगातार दोस्रो खेल जितेको लाइपजिग २ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । समान खेलबाट ३ अंकसहित लेभरकुजन नवौं स्थानमा छ ।

बुण्डेसलिगा लिभरकुजन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय