+
+

अपराधविरुद्ध सबै एकजुट भएर अघि बढ्नु पर्छ : आईजी कुँवर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १२:२५

१६ भदौ, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले अपराधविरुद्ध सबै जना एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

विश्वमा हाल संगठित र संक्रमणकालिन अपराध चुनैतीको रुपमा देखा परेको बताउँदै आईजी कुँवरले त्यस्ता अपराधविरुद्ध सबै एकजुट भएर अघि बढ्नुपर्ने बेला आएको बताए ।

दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित वाकाथोन कार्यक्रममा बोल्दै आइतबार कुँवरले उक्त कुरा बताएका हुन् ।

कुँवरले विभिन्न देशमा हुने संगठित अपराधहरू एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै यसको लागि सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?