+
+

ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिता आइतबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १२:३७

काठमाडौं । पाँचौं ब्रिटिस कप इन्टर कलेज फुट्सल प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ ।

ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजको आयोजनामा बालुवाटार स्थित ढुकु स्पोर्टस् हबमा प्रतियोगिता सञ्चालन हुने कलेजले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १९ टिमको सहभागिता रहने कलेजले जनाएको छ । चार समूहमा सञ्चालन हुने प्रतियोगिता लिगकम नकआउट आधारमा सञ्चालन हुनेछ ।

कलेजका अनुसार समूह ‘ए’ मा आईएसएमटी कलेज, सनवे कलेज, काठमाडौं विश्वविद्यालय ‘ए’ टिम, काठमाडौँ विश्वविद्यालय ‘बी’ टिम र द वेस्टमिन्स्टर कलेज छन् ।

यसैगरी समूह ‘बी’ मा द ब्रिटिस कलेजको ह्वाइट टिम, द ब्रिटिस कलेजको ब्लु टिम, आईआईएमएस कलेज र न्याथम कलेज छन् ।

त्यस्तै समूह ‘सी’ मा सफ्वेरिका कलेज, सिल्भर माउन्टेन, इन्साइट भिजन, हेराल्ड कलेज र प्राइम कलेज छन् भने समूह ‘डी’ मा भेदास कलेज, ब्रिटिस प्रोफेसनल कलेज, थेम्स कलेज, एपेक्स कलेज र टेक्सपायर छन् ।

प्रतियोगिताको हस्पिटालिटी पार्टनर गोदावरी भिलेज रिसोर्ट, मेडिकल पार्टनर ह्याम्स हस्पिटल, ट्राभल पार्टनर स्वा होलिडेज र प्रिन्टिङ पार्टनर हलफ्याक्स रहेका छन् ।

त्यस्तै द वेस्टमिन्स्टर कलेज, विराटनगर सिटी फुटबल क्लब, बेटा नेटवर्क र डर्माभिस्टाले पनि प्रतियोगितालाई सहयोग गरेको छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ५० हजार रुपैयाँ सहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र एउटा टिमले फेयर प्ले टिमलाई १० हजार रुपैयाँ पुरस्कार दिइने ब्रिटिस कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?