+
+

मृत्युको हल्ला फैलिएपछि ‘काजी साब’ भन्छन्- म सुटिङमै छु, सकुशल छु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १२:३७

काठमाडौं । अभिनेता रामचन्द्र अधिकारीले आफू सकुशल रहेको बताएका छन् । केही दिन लगातार टिकटक लगायतका सामाजिक सञ्जालमा मृत्युको हल्ला फैलिएपछि उनले यो भ्रमितको कुराको पछि नलाग्न आग्रह गरे ।

‘धेरैले टिकटक र रिलमा यो कुरा देखेपछि मलाई तारन्तार फोन गरिरहनुभएको छ । म सकुशल छु । बाहिर मेरो मृत्युको हल्ला फैलिएछ । कसले र कसरी हल्ला फैलायो, बुझ्न सकेको छैन,’ अनलाइनखबरसँग उनले भने ।

आफू अहिले ‘मेरी बास्सै’ लगायतका सिरियलको छायांकनसहित अन्य कार्यक्रममा समे व्यस्त रहेको उनले बताए । ‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको फोटो राखेर मृत्युको हल्ला गरिएछ । यसले मेरो आयु बढायो,’ उनले भने ।

अधिकारी निकट कलाकार गोपाल ढकाल ‘छन्दे’का अनुसार टिकटक ब्यान्ड हुनुअघि सेयर भएको एक भिडियो यतिबेला पुनः भाइरल भएपछि मृत्युको हल्ला फैलिएको हो । ‘त्यतिबेला काजी बा (अधिकारी)ले नै त्यस्तो भिडियो पोस्ट गर्नेलाई कारवाही नगर्न भन्नुभएपछि त्यत्तिकै छोडिएको थियो । त्यही भिडियो यतिबेला फेरि पोस्ट भएछ,’ ढकालले भने ।

अधिकारी पछिल्लो समय टिभी सिरियल ‘मेरी बास्सै’मा ‘काजी साप’ पात्रको रूपमा परिचित छन् । यसबाहेक उनी अन्य टिभी श्रृंखलामा समेत व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?