+
+

मुकुल ढकालको पुनरावेदन : साविककै पदीय हैसियतमा काम गर्न पाउँ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १३:२५

१६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट आफूलाई हटाउने निर्णय बदरको माग राखेर मुकुल ढकालले पुनरावेदन दिएका छन् ।

आफूलाई हटाउने निर्णय दलसम्बन्धी कानून र पार्टीको विधान बमोजिम नरहेको दाबीसहित रास्वपामा ढकालले पुनरावेदन दिएका हुन् । ‘…पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्नेगरी भएको मिति २०८१/०३/२५ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिमकै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने बातावरण मिलाइपाउँ’, उनको दिवेदनमा भनिएको छ ।

महामन्त्रीको हस्ताक्षर बिना सभापतिले मात्र कुनै पनि पदाधिकारी हटाउने निर्णय गर्न नसक्ने पनि दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?