+
+

‘घरज्वाइँ’ले मनायो ५१ दिन, कमाइबारे के भन्छन् निर्माता ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १२:४८

काठमाडौं । दयाहाङ राई र मिरुना मगर अभिनित फिल्म ‘घरज्वाइँ’ ले केही हलमा प्रदर्शनको ५१ औं दिन मनाएको छ ।

आईएनआईको नयाँ बसपार्क, नयाँ बानेश्वर र बुटवलका तीन हल, गोंगबुस्थित बीएसआर मुभिज, सामाखुसीस्थित क्यूएफएक्सको सिटी स्क्वायर हल र नेपालगञ्जको सिने रोयलमा हलमा फिल्मले शनिबार ५१ दिन मनायो ।

यो खुसीयालीमा निर्माताले शनिबार बेलुका समारोह आयोजना गरेका थिएँ, जहाँ केक काट्नेदेखि प्रदर्शनमा सघाउने सबैलाई सम्मान प्रदान गरियो । उक्त समारोहमा उपसभामुख इन्दिरा राना, कलाकार, निर्माता, निर्देशकसहित फिल्मको टोली सहभागी थियो ।

असार २८ गतेबाट प्रदर्शनमा आएको फिल्ममा बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको पनि अभिनय छ । फिल्मले ५१ औं दिनसम्म साढे ५ करोडको व्यापार गरेको जनाइएको छ ।

फिल्म दुई करोड रुपैयाँको लागतमा निर्माण भएको हो । मगर समुदायमा प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित फिल्मलाई अनिल बुढा मगरले निर्देशन र जनक घर्ती मगरले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?