+
+

गुल्मीमा माछा मार्नेबेला खोलाले बगाउँदा एक युवा बेपत्ता 

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १२:५९

१६ भदौ, गुल्मी । गुल्मीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चन्द्रकोट गाउँपालिका-८ मजुवा निवासी १६ वर्षीय असिम कुमाल छन् ।

कुमाल आज बिहान माछा मार्ने क्रममा बडिगाड खोलाले बगाएर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी )शंकर पोखरेलका अनुसार उनको खोजी कार्यको लागि नेपाल  प्रहरी र सशस्त्र प्रहरीवल ३७ नम्बर गुल्म गुल्मीबाट विपद् उद्धार टोली परिचालन भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?