+
+

चीनबाट वर्षमा १० लाख पर्यटक ल्याउन सकिन्छ : प्रस्तावित राजदूत ओली

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १३:२१

१६ भदौ, काठमाडौं । चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्णप्रसाद ओलीले चीनबाट वर्षमा १० लाख पर्यटक ल्याउन पहल गर्ने बताएका छन् । आइतबार संसदीय सुनुवाइ समितिमा सांसदहरुको सोधेको प्रश्नको जवाफ दिँदै उनले

‘चिनियाँ पर्यटकहरुलाई ल्याउन सक्दा…सालमा धेरै पनि पर्दैन, १० लाख ल्याउन सक्यौं भने धेरै ठूलो कुरा हुन्छ’ ओलीले भने ।

चीनबाट अहिलेसम्म एक वर्षमा १ लाख ४७ हजार जना पर्यटक आएको देखिएको भन्दै उनले पर्यटक बढाउन पहल गर्ने बताए । त्यसका लागि चीनमा नेपालको प्रचारको अवस्था कस्तो छ भन्ने बुझ्ने र चिनियाँ टेलिभिजनबाट नेपालको प्रचार गर्न पहल गर्ने बताए ।

‘म यहाँबाट जाँदा भिडियो लिएर जान्छु, त्यहाँको टेलिभिजनसँग कम्युनिकेसन गरेर प्रचार प्रसार गरिदिन रिक्वेस्ट गर्नेछु’, उनले भने ।

पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पनि आफूले पहल गर्ने प्रस्तावित राजदूत ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?