+
+

जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडा मरे

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १४:०१

१६ भदौ, सुर्खेत । जुम्लाको लामाचौर पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् ।

तातोपानी गाउँपालिका-४ स्थित लामाचौर पाटनमा शनिबार राति चट्याङ पर्दा ५६ वटा भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी छेदिलाल कामतीले जानकारी दिए ।

उनका अनुसार पातरासी-२ तल्फिका ६ जना किसानका ५६ भेडा मरेको हुन् । ‘घटनाको पूरै विवरण आइसकेको छैन् । स्थानीयका अनुसार अहिलेसम्म ५६ भेडा मरेको जानकारी प्राप्त भएको छ,’ डिएसपी कामतीले भने, ‘प्रहरी टोली घटनास्थल गएको छ ।’

प्रहरी चौकी तल्फीबाट ७ जनाको प्रहरी टोली घटनास्थल गएको छ । प्रहरी टोली बिहानै हिंडे पनि भौगोलिक विकटताका कारण पुग्न ढिला भएको छ ।

प्रहरी टोली घटनास्थलमा पुगेपछि थप विवरण आउने डिएसपी कामतीले बताए ।

पाटमा मोबाइल नेटवर्कले काम नगर्ने भएको हुँदा सम्पर्क गर्न समस्या भएको प्रहरीले जनाएको छ । यो पाटनमा गर्मीयाम सुरु भएसँगै पातरासीका किसानहरूले भेडा चराउने गर्छन् ।

गत साउन १५ गते जुम्लाकै तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?