+
+

सिंहदरबारमा मुख्यसचिवको स्वागत, गरे पदबहाली

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १३:३५

१६ भदौ, काठमाडौं । नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालले पदबहाली गरेका छन् । शुक्रबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर अर्यालले नियुक्ति पत्र बुझेका उनले आइतबार मध्यान्हमा सिंहदरबार पुगेर पदबहाली गरेका छन् । अर्याललाई कर्मचारीहरुले फूलमालासहित स्वागत गरेका थिए ।

यसअघिकी मुख्यसचिव लीलादेवी गड्तौला शुक्रबार नै अवकाश भएकी थिइन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो ।

अर्यालले करिब १५ महिना मुख्यसचिवका रुपमा कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन् । २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।

सीडीओ हुने लक्ष्य राखेर निजामती प्रवेश गरेका अर्याल नासुबाट सरकारी सेवा थालेर मुख्यसचिवसम्म बन्ने कर्मचारी बनेका छन् । चौंथो वरियतामा रहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको राजनीतिक निकटताका कारण उनले मुख्यसचिव बन्न पाएका हुन् ।

मुख्यसचिवमा पदबहाली गरेलगत्तै उनले सचिव बैठक डाकेका छन् । सबै सचिवहरु सहभागी बैठकमा उनले निर्देशनहरु दिने कार्यक्रम छ ।

तस्वीरः प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?