+
+

दशैंको फूलपातीदेखि ५ सहरमा ‘एकादेशमा टुर’ गर्दै सज्जनराज वैद्य

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १४:१५

काठमाडौं । गत साता अनलाइनखबरको ४० वर्षमुनिका युवाको सूचीमा समेटिएका गायक सज्जनराज वैद्यले नेपाल टुरको घोषणा गरेका छन् । मुलुकका पाँच प्रमुख सहरमा उनले कन्सर्ट गर्ने प्रेषित विवरणमा उल्लेख छ ।

दशैंको फूलपातीदेखि सुरु हुने उनको कन्सर्ट मंसिरसम्म चल्नेछ । असोज २४ फूलपातीको दिन उनको पहिलो सांगीतिक प्रस्तुति चितवनमा हुनेछ । कात्तिक ३ गते बुटवल, कात्तिक १६ गते पोखरा, कात्तिक २४ गते इटहरी र मंसिर १ गते काठमाडौंमा कन्सर्ट तय छ ।

हालै अमेरिका, क्यानडा र युरोप कन्सर्ट सकेका सज्जनराजले दशैं-तिहारको छेकोमा नेपाल टुरको घोषणा गरेका हुन् । जेन–जी पुस्तामा निकै लोकप्रिय सज्जनराजले केही वर्षको अन्तरालमा नेपालमा कन्सर्ट गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?