
काठमाडौं । १८ विधामा यती इन्टरनेसनल फिल्म अवार्ड २०२४ प्रदान गरिने भएको छ । आइतबार उत्कृष्ट ५ को मनोनयन घोषणा गरिएको छ ।
बेलायतको लण्डनमा भदौ २९ गते अवार्ड आयोजना हुँदैछ । यती नेपाली एसोसियसन बेलायतले अवार्ड गर्न लागेको हो । सन् २०२३ को अप्रिल १४ देखि सन् २०२४ को जुन २१ सम्म रिलिज भएका फिल्मले अवार्डमा भाग लिएका छन् ।
जुरी संयोजकमा सुनिल थापा, सदस्यमा गौरी मल्ल र उज्ज्वल घिमिरे छन् । आयोजकले सार्वजनिक गरेका १८ विधाका मनोनयन यसप्रकार छन् ।
१. उत्कृष्ट फिल्म
जारी – बाँसुरी फिल्म्स
दिमाग खराब – सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्स
प्रसाद २ – उसजी फिल्म्स र सुलभ थापा प्रोडक्सन
फर्की फर्की – रोहित अधिकारी फिल्म्स
गाउँ आएको बाटो – मनछेम पिक्चर्स र बाँसुरी फिल्म्स
२. उत्कृष्ट निर्देशक
जारी – उपेन्द्र सुब्बा
दिमाग खराब – निश्चल बस्नेत
प्रसाद २ – सुदर्शन थापा
फर्की फर्की – सुयोग गुरुङ
गाउँ आएको बाटो – नवीन सुब्बा
३. उत्कृष्ट अभिनेता
दिमाग खराब – खगेन्द्र लामिछाने
प्रसाद २ – विपिन कार्की
फर्की फर्की – अनमोल केसी
गाउँ आएको बाटो – दयाहाङ राई
पुजार सार्की – प्रदीप खड्का
४. उत्कृष्ट अभिनेत्री
प्रसाद २ – केकी अधिकारी
फर्की फर्की – जसिता गुरुङ
गाउँ आएको बाटो – पशुपति राई
जारी – मिरुना मगर
परस्त्री – शिल्पा मास्के
५. उत्कृष्ट पटकथा
प्रसाद २ – सुशील पौडेल
दिमाग खराब – आकाश बराल
जारी – उपेन्द्र सुब्बा
६. उत्कृष्ट सम्पादक
प्रसाद २ – मिलन श्रेष्ठ
गाउँ आएको बाटो – क्वान पुन लेउन
फर्की फर्की – सुरेन्द्र पौडेल
७. उत्कृष्ट छायाकार
प्रसाद २ – राजेश श्रेष्ठ
फर्की फर्की – नरेन्द्र मैनाली
जारी – शैलेन्द्र डी कार्की
८. उत्कृष्ट संगीतकार
नांगो गाउँ – सुशान्त गौतम (सुन सुन सुन्दरी)
बोक्सीको घर – प्रकाश सपुत (बुझिनँ मैले)
जारी – कालीप्रसाद बाँस्कोटा (चरी बस्यो)
९. उत्कृष्ट पार्श्व गायक
नांगो गाउँ – एसडी योगी (सुन सुन सुन्दरी)
पुजार सार्की – प्रकाश सपुत (दर्शन गरें)
जारी – कालीप्रसाद बाँस्कोटा (चरी बस्यो)
१०. उत्कृष्ट पार्श्व गायिका
नांगो गाउँ – अञ्जु पन्त (सुन सुन सुन्दरी)
पुजार सार्की – शान्तिश्री परियार (दर्शन गरें)
बोक्सीको घर – समीक्षा अधिकारी (बुझिनँ मैले)
११. उत्कृष्ट नृत्य निर्देशक
नांगो गाउँ – रामजी लामिछाने (सुन सुन सुन्दरी)
पुजार सार्की – शिशिर खत्री (दर्शन गरें)
फर्की फर्की – किरण थापा (फर्की फर्की)
१२. उत्कृष्ट खलपात्र
प्रसाद २ – अर्पण थापा
अगस्त्य – प्रमोद अग्रहरी
ऐचो पैंचो – कोसिस क्षेत्री
१३. पपुलर अभिनेता
१४. पपुलर अभिनेत्री
१५. उत्कृष्ट अभिनेता, जुरी
१६. उत्कृष्ट अभिनेत्री, जुरी
१७. पर्फमर अफ दि एयर
१८. लाइफ टाइम अचिभमेन्ट अवार्ड
प्रतिक्रिया 4