+
+

सशस्त्र प्रहरीमा दुई डीआईजीसहित १६ अधिकृत अवकाशमा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १४:३०

१६, भदौ, काठमाडौं। सशस्त्र प्रहरी बलमा दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित १६ जना अधिकृत अवकाशमा गएका छन् ।

सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराई, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वकुमार भट्टराईसहितका अधिकृतहरु अवकाशमा गएका हुन् ।

खत्री सशस्त्र प्रहरी बलको बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र भट्टराई महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा प्रमुख थिए ।

३० वर्षे सेवा अवधि पूरा गरेपछि उनीहरु अनिवार्य अवकाशमा गएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । उनका अनुसार, ११ जना एसपीहरु पनि अवकाशमा गएका छन् ।

अवकाश पाउने एसपीहरुमा पूर्णबहादुर साउद, धनबहादुर सिंह, भीमबहादुर चौधरी, महेन्द्रराज भारती, दिपेन्द्र गिरी, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन बिष्ट र उद्धवबहादुर रावल छन् ।

उनीमध्ये महेन्द्रराज भारती र भीमबहादुर चौधरीले अवकाशमा जानुअघि एक तह बढुवा पाएका थिए । दुई जना डीएसपी राजेश्वरप्रसाद शाह र हरिबहादुर शाही पनि अवकाशमा गएका छन् । उनीहरुमध्ये शाहीले अवकाश अघि विशेष बढुवा पाएका थिए ।

सशस्त्र प्रहरीमा ३० वर्ष सेवा पूरा गरेर अवकाशमा जान लाग्दा एउटै दर्जामा ५ वर्ष अवधि पूरा गरेको भए विशेष बढुवा दिने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?