+
+

कत्था उत्पादक संघ अध्यक्षमा घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १२:५७

१६ भदौ, काठमाडौं । कत्था उत्पादकहरूको छाता संगठन नेपाल कत्था उत्पादक संघको अध्यक्षमा शिवप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

संघको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशनले संघको अध्यक्षमा घिमिरेलाई निर्विरोध निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा विजयकुमार गुप्ता, महासचिवमा कुमार रोक्का क्षेत्री, कोषाध्यक्षमा ओमप्रकाश अग्रवाल र सदस्यहरूमा क्रमशः केशवकुमार कार्की, विनोदकुमार अग्रवाल, दिलीपकुमार अग्रवाल, मोहितकुमार जैन र प्रशान्त अग्रवाल निर्वाचित भएका छन् ।

देशभर छरिएर रहेका कत्था उत्पादकहरूको छाता संस्थाको रुपमा २०७८ मा स्थापित यस संघमा ११ ठूला उद्योगहरू आवद्ध छन् ।

वस्तु निकासीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कत्था उद्योगले हजारौंलाई रोजगारी प्रदान गरिरहेको छ ।

गत आर्थिक वर्षको तथ्यांक अनुसार नेपालबाट २ अर्ब १२ करोडको कत्था निर्यात गरेको छ भने कूल निकासी व्यापारमा यस क्षेत्रको १.४ प्रतिशत योगदान रहेको छ ।

स्वदेशी कत्था उद्योगहरूले भारत, बंगलादेश, पाकिस्तान लगाएतका छिमेकी मुलुकहरूमा उत्पादन निर्यात गर्दै आइरहेका छन् ।

शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग भएकोले यसको सम्बर्द्धन र प्रवर्द्धनमा राज्यको अहम भूमिका रहने संघका नवनिर्वाचित अध्यक्ष घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?