+
+

चार दिनपछि एकतर्फी खुल्यो कर्णाली राजमार्ग

चार दिनपछि कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १६ गते १५:३६
फाइल तस्वीर

१६ भदौ, काठमाडौं । चार दिनपछि कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आइतबार दिउँसो २ बजेबाट राजमार्ग एकतर्फी खुला भएको छ ।

१२ भदौका दिन सुर्खेत–जुम्ला सडक (कर्णाली राजमार्ग) अन्तर्गत शुभकालिका १ गगने खोला, जितेगडा, कालेखोला, दहीखोला लगायत स्थानमा पहिरो जाँदा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । यसले सो भेगको यातायात र ढुवानी सेवा प्रभावित बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?